Tuesday, August 21, 2012

इन्जिनियरिङ्गको प्रश्नपत्र बाहिरिएको ठहर, परिक्षा रद्ध हुने, नौ जना पक्राउ

काठमाडौं- इन्जिनियरिङ्ग अध्ययन संस्थानको प्रवेश परिक्षा रद्ध हुने भएको छ । परिक्षा हुनुभन्दा एक दिन अगावै प्रश्न पत्र बाहिर आएको प्रमाणित भएपछि परिक्षा रद्ध हुने भएको हो । देशभरि गत श्रावण २७ गते  एकैदिन परिक्षा भएको थियो ।    यो परिक्षा रद्ध हुदा देशभरिबाट जाँच दिने १३ हजार विद्यार्थीहरुले पुनः परिक्षाका लागी मिहनत गर्नुपर्ने भएको छ । परिक्षाको परिणाम आउछ कि पुनः परिक्षा दिनुपर्छ भन्ने द्धिविधा रहेको बेला औपचारिक रुपमा अनुसन्धान गरिरहेको निकायले त्यस्तो निष्कर्ष निकालेको हो ।   प्रश्नपत्र बाहिरिएको विषयमा व्यापक गुनासो आएपछि इन्जिनियरिङ्ग अध्ययन संस्थान आफैले त्यसबारेमा अनुसन्धान गर्न केन्दि्रय अनुसन्धान व्यूरोलाई आग्रह गरेको थियो । व्यूरोले परिक्षा प्रणाली बारे व्यापक अनुसन्धान गर्दा प्रश्न पत्र परिक्षा हुनुभन्दा एक दिन अगावै बाहिरिएको भेट्टाएको छ ।  स्रोतका अनुसार व्यूरोले चाडै नै त्यसबारेको लिखित जानकारी संस्थानका डीनलाई गराउने भएको छ । अनुसन्धानका क्रममा प्रहरीले मिलोमतोमा पैसा कमाउने उदेश्यले प्रश्न पत्र बाहिर ल्याउने नौ जनालाई पक्राउ गरिसकेको छ भने पक्राउ गर्न खोजीएका थप केही फरार भएकाछन ।   अनुसन्धानको कार्यमा डिनहरुले नै असहयोग गरेका कारण लिखित प्रतिवेदन दिन ढिला भएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउछन । यो  परिक्षामा उत्कृष्ट हुनेहरुले त्रिभुवन विश्व विद्यालय मातहतका इन्जिनियरिङ्ग कलेजमा छात्रवृत्तिमा पढन पाउछन । राम्रो अंक ल्याउनेहरु काठमाडौकै पुल्चोक, थापाथाली, उपत्यका बाहिर पोखरा र घरानमा पढछन ।  

Source singardarbar

No comments:

Post a Comment