२३ असार, सिन्धुली । विभिन्न वितण्डा
मच्चाएर बाराको हलखोरिया जंगलबाट गायब भएका तपस्वी रामबहादुर बम्जन
सिन्धुलीको जनकल्याण सामुदायिक बनमा भेटिएका छन् ।
असार २ गते सिन्धुली आएका बताइएका बंजन
शनिबार सदरमुकाम बाट करिव २ कि.मी.भित्र कमलामाई नगरपालिका-७ को जनकल्याण
सामुदायिक बनमा सहयोगीका साथ भेटिएका हुन् । तपस्वीको पत्रकार सम्मेलन
भनिएपनि पत्रकारसामु फोटो खिच्नमात्र केही मिनेटमात्रै उपस्थिती जनाएका थिए
। पत्रकारहरुको जिज्ञासाको सहयोगी दर्शन लिम्बुले जवाफ दिएका थिए ।
बम्जन आफूले प्रप्त गरेका ज्ञानको
लेखनकार्यमा ब्यस्तरहेको बताइएको छ । बनमा बिभिन्न सुचनाका बोर्डहरु र
ध्वजाहरुका साथ सजिएको हृवाङ्ग्रे डाँडामा बनाइएको कुटीमा बस्दै आएका
बम्जनले लिपीबद्ध गरेका ज्ञानलाई विभिन्न १७ भाषामा प्रकाशन गरिने उनका
सहयोगीहरु बताउँछन् ।
बाराको हलखोरीया जंगलमा तपस्यामा बसेको
भनिएका बम्जन र उनका समर्थकहरुको गतिविधि पछिल्लो समय विवादमा परेको थियो ।
उनका समर्थकले बुद्धका नाममा नागरिकता दिनु पर्ने माग राख्दै सडक आन्दोलन
गरेका थिए भने चेकोस्लाभियाकी नागरीक मारिचीलाई बन्दक बनाएका थिए ।
त्यसक्रममा प्रहरीले जंगलको बीचमा भव्य भवन बनाएको तथा रुखहरु समेत काटिएको
भेट्टाएपछि वम्जन गाएब भएका थिए ।
बम्जनका समर्थकहरुले भने तस्करहरुले
जंगलफडाँनी र बन्यजन्तुको अवैध सिकार गर्न नपाएर पत्रकारहरु सामु भ्रम
फैलाएर बिवादित बनाएको बताए