Monday, May 21, 2012

विवादित विषयलाई मतदानबाट टुङग्याउन माओवादी र मोर्चा सहमत


९ जेठ, काठमाण्डौं । शीर्षदलको बैठकमा मंगलबार पनि सहमित नभए निर्वाचन प्रणलीबाट विवाद समाधान गर्न माओवादी मोर्चा सहमत भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा राज्यपुनसर्ंचना आयोग र संविधानसभाको विषयगत समितिले दिएको दुई मध्ये एक प्रस्तावमा सहमत हुनुपर्ने त्यसो नभए निर्वाचन प्रक्रियामा जाने सहमति भएको फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
आजको छलफलबाट मोर्चा र माओवादीले बहुमतबाट भएपनि विवादित विषयको समाधान गर्ने निर्णय गरेका हुन । शीर्ष दलको बैठकमा साझा धारणा राख्ने नेताहरुले बताएका छन् । कांग्रेस र एमालेले भने जातिय आधारमा प्रदेश बनाउन नहुने र अहिले नै संघियतामा गए ८ प्रदशे मान्नुपर्ने अडान राखेका छन् ।
Source onlinekhabar

No comments:

Post a Comment