Saturday, May 26, 2012

बन्दकर्ताले हानेको ढुंगाले लाग्दा प्रहरी नायव निरीक्षक घाईते सशस्त्र प्रहरीका नायव निरीक्षक बब्लु सिंह गम्भिर घाइते ।


। वीरगञ्जको घण्टाघर छेउमा रोकी राखेको ट्यांकर माथि बृहत मधेशी मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा सशस्त्र प्रहरीका नायव निरीक्षक बब्लु सिंह घाइते हुनुभएको छ । बन्दको आव्हान गर्दै र्‍याली सहित हिड्का मोर्चाका कार्यकर्ताले रोकेर राखेको ना १ ख ५११२ नम्बरको ट्याक्करलाई ढुंगा प्रहार गर्ने क्रममा सिंहको टाउको लागेको थियो । घाईते सिंहको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ ।
ढुंगा प्रहार गर्ने ५ महिला र १ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
स्वायक्त मधेश प्रदेशको माग गर्दै संयुक्त मोर्चाले आव्हान गरेको बन्दका कारण तराईको जनजीवन प्रभावित भएको छ ।

No comments:

Post a Comment