Tuesday, May 22, 2012

संसदिय दलको बैठक केहिबेरमा बस्ने


९ जेठ, काठमाण्डौं । देशको सम सामयीक विषयका बारेमा पार्टीको आधिकारीक धारणा तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्दै छ । केहीबेरमा पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राज्य पुर्नसंरचनाका बारेमा धारणा तय गर्ने नेताहरुले बताएका छन् । काँग्रेसले जातिय राज्यको विरोधमा आवाज उठाउँदै आएको छ ।
त्यस्तै बैठकले विवादित विषयमा सहमति कायम गर्न चालिने मतदानको प्रक्रिया, संविधान निर्माण, सरकारमा रहनुको औचित्य लगाएतका विषयमा छलफल गरिने काँग्रेस संसदिय दलका नेता रामचन्दं्र पौडेलले जानकारी दिनुभयो ।
धेरै राज्य बनाउदा मुलुकलाई अनावश्यक भार हुने अडान राख्दा राख्दै पनि माओबादीको प्रस्ताव अनुसार ११ मा सहमति जनाएदा समेत माओबादी त्यसवाट पनि पछाडी हटेपछि काँग्रेस संकटमा परेको छ ।

Source onlinekhabar

No comments:

Post a Comment