Monday, May 21, 2012

जनजाति आन्दोलनमा गीत-संगीत र प्रतिकार

९ जेठ, काठमाण्डौं । जनजाति महासंघले एकल जातीय पहिचानका आधारमा राज्य माग्दै दुई दिनदेखि आन्दोलन गरिरहेको छ । जनजाति आन्दोलनमा प्रेसमाथिको आक्रमण, स्थानीय बासिन्दाको प्रतिकारका बारेमा त मिडियामा चर्चा भइरहेका छन् ।  जनजाति आन्दोलनमा एउटा अर्को सुन्दर पक्ष पनि देखिएको छ । भिन्नभिन्न ठाउामा भिन्न भिन्न जातिले अड्डा जमाएर आन्दोलन गरेका छन् । त्यहाँ उनीहरुका मौलिक संस्कृति र नाचगानको झल्को पनि पाइन्छ । परम्परागत पोशाकमा सजिएका आन्दोलनकारीहरुले आफ्ना मौलिक गीत संगीत र नाचगान देखाई आन्दोलनलाई सांस्कृतिक रंग पनि दिन खोजेका छन् ।  हेरौं दुईवटा भिन्नाभिन्नै भिडियो । पहिलो भिडियोमा सांस्कृतिक रंग छ भने दोस्रोमा स्थानीयबासीमाथि ज्यादती गर्ने आन्दोलनकारीको प्रतिकार भएको छ

Source onlinekhabar

No comments:

Post a Comment