Thursday, February 2, 2012

साढे चार अर्ब नदिए राजिनामा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट (Nepal)

 वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि आवश्यक रकम साढे चार अर्ब एक साताभित्र नदिए राजिनामा दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले पेट्रोलियम पदार्थको सहज आपूर्ति नगरी आफू मन्त्री पदमा बसिरहन उपयुक्त नहुने बताए, उनले भने
सरकारले २५ करोड रुपियाँ दिने निर्णय गरेको छ।  त्यो तेल किन्न दिएको कि चामल किन्न दिएको?
उनले आयल निगमलाई साढे चार अर्ब दिए मन्त्रालयले तयार पारेको तीन चरणको सुधारको कार्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिँदै त्यति रुपियाँ अल्पकालीन योजना अर्न्तगत तीन महिनाको लागि सहज आपूर्तिका लागि आवश्यक भएको बताए।

मन्त्री भट्टले त्यसपछि मध्यकालीन योजना अर्न्तगत निगममा रहेको बेथितिलाई सुधार गर्ने र दीर्घकालीन योजना अर्न्तगत डिपो विस्तार, पेट्रोलियम पदार्थ आपूर्ति विस्तार लगायतका निर्माण कार्य गरिने जानकारी दिए।उनले पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि प्रयास भइरहेको बताउँदै कृत्रिम अभाव अन्त्यको लागि उच्चस्तरीय अनुगमन टोली गठन गरिने जानकारी दिए।
उनले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क दोहोरो रुपमा भन्सार र यातायातले लिइरहेको, सडक सुधार शुल्क लगायतका शुल्क लिइरहेको बताए।
उपभोक्ता मञ्चका महासचिव ज्योति बानियाँले पेट्रोलियम पदार्थ संकटकाल घोषणा गरेर वितरण ब्यवस्थापन गर्नुपर्ने बताउँदै भन्दै जनताको धैर्यको बाँध टुटे मुलुकमा अराजकता मच्चिने चेतावनी दिए।

Source nagariknews

No comments:

Post a Comment